You are currently viewing जब जोखिम आफ्नै घर भित्र हुन्छ

जब जोखिम आफ्नै घर भित्र हुन्छ

जब जोखिम आफ्नै घर भित्र हुन्छ
देशका विभिन्न स्थानमा सञ्चालन गरिएका क्वारेन्टीनहरु लगायत अन्य सेवा प्रदायक स्थानहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गीहरुको पहिचान तथा आवश्यकतालाई पनि मध्यनजर गर्दैै सम्बन्धित निकायहरुलाई सोहि अनुरुप यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी मैत्री आवश्यक सेवारसुविधा भेदभाव रहित वातावरणमा उपलव्ध गराउन ।


कुनै परिवारमा सक्रमण भएको अवस्थामा ति परिवारमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी व्यक्तिहरुमाथि हुन सक्ने हिंसा, लाञ्छना तथा भेदभावबाट बचावटका लागि आवश्यक परामर्शको व्यवस्था गरिदिनु हुन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्लरलिङ्गी व्यक्तिहरु अझ पनि समाजमा खुलेर आफ्नो पहिचान स्थापित गर्नं संघर्षरत नै छन् । नेपालको संविधान तथा नेपाल सरकार पक्ष राष्ट्र रहेका विभिन्न महासन्धिले पनि कुनै पनि व्यक्तिलाई कुनै पनि आधारमा भेदभाव गर्न नपाइने कुरालाई स्विकार गरिएको छ । हाल विभिन्न निकाय बाट जोखिमतामा रहेका व्यक्तिहरुको लागत संकलन तथा राहत वितरण गर्ने क्रम अघिबढिरहेको सन्दर्भमा यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्लरलिङ्गी व्यक्तिहरुको पहिचानकै कारण तथा नागरिकता नभएका कारणबाट राहत प्राप्तीबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिनका लागि आवश्यक कदम चाल्नु हुन ।
यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अन्तरलिङ्गी समुदायका कतिपय व्यक्तिहरु एच.आई.भी संक्रमणमा बाँचिरहेका र नियमित ए.आर.टी सेवा लिनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै यस्तो विषम परिस्थितीमा ए.आर.टी को सहज पहुचताका लागि वातावरण निर्माणका लागि आवश्यक कदम चाल्नु हुन ।

Content: Right Here Right Now public appeal

Any kind of crisis hits hard to the marginalized groups. We appreciate all the efforts Government of Nepal is making to prevent, manage and contain COVID-19 new cases. Right Here Right Now- Nepal along with its 15 civil society organizations, appeals to the concerned government authorities to ensure that there is no discrimination or violence on the basis of one’s gender identity or sexual orientation through the provision of gender-friendly quarantine spaces and all other necessary measures.