You are currently viewing जब जोखिम आफ्नै घर भित्र हुन्छ

जब जोखिम आफ्नै घर भित्र हुन्छ

जब जोखिम आफ्नै घर भित्र हुन्छ
लकडाउनको समयमा महिला, बालबालिका, अन्तर्लिङ्गी र क्वयेर व्यक्तिहरू, अपाङ्कगता भएका व्यक्तिहरू साथै उच्च जोखिममा परेका र सिमान्तकृत तथा अल्पसंख्यक समुदायहरुका लागि आपm्नो घरनै खतराजनक हुन सक्छ यदि उनीहरु हिंसा र दुव्र्यवहारमा परेका छन् । यसै सिलसिलामा नेपालको संविधानले व्याख्या तथा स्विकार गरेका विभिन्न सिमान्तकृत तथा अल्पसंख्यक समूदायहरुप्रति नेपाल सरकार अझ बढी संवेदनशिल तथा ध्यानाकृष्ट हुन आवश्यक रहन्छ ।

कसैलाई शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक हिंसा गर्नु वा यातना दिनु दण्डनीय अपराध हो । कोरोना भाइरस लगायतका विपदको अवस्थामा घरभित्र वा बाहिर कुनै पनि स्थानमा कुटपिट, त्रासपूर्ण व्यवहार, गालीगलौज जस्ता हिंसाको जोखिम बढ्न सक्छ । त्यस्तो हिंसाबाट आफै पीडित हुनुभएको छ वा अरु पीडित भएको थाहा पाउनु भएको छ भने नेपाल प्रहरीको पैसा नलाग्ने फोन नं। १०० मा फोन गरी सहयोग लिनुहोस् । लकडाउनको समयमा घरेलु वा महिला हिंसा भएमा वा हिंसा हुने डर भएमा तुरुन्त राष्ट्रिय महिला आयोगको ११४५ मा खबर गरौँ गर्नुहोस।

जो कोही आफ्नो घर भित्रै हिंसाको शिकार भैरहनु भएको छ, हामी तपाइको साथमा छौं । हामी मध्य धेरै सँग इन्टरनेटको पहुँच भएकाले परिवार, साथीभाइ तथा घर भित्र असुरक्षित रहेका जोकोही संग सकारात्मक सन्देशहरु सेयर गरी माया, सहयोग र सद्भब बढाऔं ।

महिला तथा बालबालिका हिंसाबारे उजुरी यहाँ दिन सकिन्छः
महिला आयोगः ११४५ मा फोन गर्ने ( Women Commissions at 1145)
आशा क्राइसिस सेन्टरः ९८०११९३०८८ मा फोन गर्ने (Aasha Crisis Center at 9801193088)
नेपाल प्रहरीः जुनसुकै प्रकारका हिंसा/जानकारीका लागिः १०० मा फोन गर्ने (Nepal Police: 100)